केआई सिंह राजमार्गमा खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु
September 10, 9:33
धनगढी,२४ भदौ । सडक माथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा केआई सिंह राजमार्गमा एक जनाको ज्यान गएको छ । डडेलधुराको रडुवामा एक जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार मोटरसाइकलको पछाडि सवार राकेश ऐरको मृत्यु भएको हो।
गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा डडेलधुराकै अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिपायलबाट डडेलधुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरको मोटरसाइकलको पछाडि सवार ऐरको टाउकोमा शनिवार माथिबाट खसेको ढुङ्गा लागेका थियो।
टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आइतवार बिहान मृत्यु हो।
मोटरसाइकल चालक डडेलधुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 6:51
October 30, 11:04
August 16, 9:48
November 01, 11:48
August 19, 6:14
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा