साँफे-मार्तडी राजमार्ग सुचारु

साँफे मार्तडी राजमार्ग अन्तर्गत बल्दे अम्कोट सडक । तस्बिर : शेरबहादुर सार्की/बाजुरा
साँफे मार्तडी राजमार्ग अन्तर्गत बल्दे अम्कोट सडक । तस्बिर : शेरबहादुर सार्की/बाजुरा
September 11, 8:40

बाजुरा,  २४ भदौ । बाजुराको साँफे-मार्तडी राजमार्ग पुनः सुचारु भएको छ । गत शनिबार राती परेको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सो राजमार्गमा पहिरो गएपछि केही समय अवरुद्ध भएको हो ।

एक्स्काभेटरले पहिरो सफा गरेपछि साँफे मार्तडी राजमार्ग पुन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बर्खाको समय सो सडकमा पहिरो बग्ने भएकोले एक्स्काभेटर राखिएको थियो । 

पहिरो आउने बित्तिकै सो एक्स्काभेटर पहिरो सफा गर्ने गरी काम सुरु गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए  ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा