डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
September 12, 10:21
बैतडी । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा बैतडीका एकजनाको मृत्यु भएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा पाटन नगरपालिका १ का ५८ बर्षीय खगेन्द्र पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पन्तले चलाएको से.५ प. २८०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई गएराति डेढ बजे दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ ।
स्याउलेबाट बागबजार तर्फ आउँदै गरेको अवस्थामा मोटरसाईकल अनियन्त्रित भई सडक छेउ नजिकै रहेको कल्भड बनाउनको लागि खनेको खाडलमा परेर पन्तको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 6:51
October 30, 11:04
August 16, 9:48
November 01, 11:48
August 19, 6:14
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा