दार्चुलाको शैल्यशिखरमा आज शोक बिदा 

September 12, 10:32

दार्चुला,२६ भदौ । दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक बिदा दिइएको छ। नगरपालिकामा कार्यरत नायब प्राविधिक सहायक खेमराज कपाडीको मोटरसाइकल दुर्घटनामा परी निधन भएको शोकमा बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

शैल्यशिखर नगरपालिबाट कार्यालयको कामले डडेल्धुरा गइरहेका कपाडीको आइतवार मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। बैतडीको दोगडाकेदार गाउँपालिका ५ सलसेनामा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। कपाडीको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले आज नगरपालिका क्षेत्रभित्रका सबै कार्यालयहरुमा शोक बिदा रहेको उल्लेख गरेको छ।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा