बालबालिकालाई कम्बल बितरण

September 13, 12:11

भदौ २६, डोटी । दिपायल सिलगढी नगर पालिका-२ का विपन्न, दलित, अपाङ्ग र असहाय बालबालिकाहरूलाई कम्मल वितरण गरिएको छ । वडाको सहकार्य तथा सिड नेपाल र वर्ल्ड भिजन नेपालको सहयोगमामा वडाका १ सय नौ बालबालिकाहरूलाई कम्मल वितरण गरिएको हो ।
हिउँद सुरु हुनै लाग्दा बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै चिसोबाट केही राहत होस भन्ने उद्देश्यले करिब ७० हजार बराबरको कम्मल वितरण गरिएको वर्ल्ड भिजनका डोटी जिल्ला प्रतिनिधि गांगी बलायरले बताए । कम्मलबाट चिसो मौसममा बालबालिकालाई ठुलो राहत हुने बताउँदै वडा अध्यक्ष राजेन्द्र खडकाले सहयोगी संस्थालाई धन्यवाद दिए । शैक्षिक सामाग्री सहयोग गर्दै आएको संस्थाले कम्मल वितरण गरे पछि अभिभावक खुसी भएका छन् । अन्य समयमा पाएको शैक्षिक सामग्रीबाट आफ्ना बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगेको उनीहरूको भनाइ छ ।
सिड नेपाल डोटीले वर्ल्ड भिजन नेपालको सहयोगमा सायल गाउँपालिकाका ४, ५, ६, पुर्बिचौकी गाउँपालिकाका १, २, ३ र दिपायल सिलगढी नगरपालिकाका २ र ९ वडाका ८ सय ७२ जनालाई कम्मल वितरण गरेको बाल संरक्षण तथा स्पोनसरसीप परियोजनाका संयोजक सुनिल जोशीले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा