डडेल्धुरामा अटो दुर्घटना,डोटीका दुई जनाको घटना स्थलमै मृत्यु

September 14, 10:04

धनगढी ,२८ भदौ । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

भिमदत्त राजमार्ग अन्तरगत डडेलधुराको आलिताल गाउँपालिका–१ मेलखर्कमा बुधवार राती अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिका पदम बलायर र केशव महराको मृत्यु भएको छ । 

घाइते वीर बहादुर कुँवरको उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम बहादुर नायकले जानकारी दिए। 

उहाँका अनुसार कैलालीको अत्तरिया बाट डोटी तर्फ गाई रहेको अटो रिक्सा बुधवार राती करिब ९ बजे तिर दुर्घटना भएको हो । अटोमा तीन जना मात्रै सवार रहेका थिए । दुर्घटनाको कारण भने खुलेको छैन । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा