बैतडीः संविधान दिवसमा ब्याडमिन्टन प्रतियोगिता हुने

September 14, 4:55

बैतडी,२८ भदाै । संविधान दिवस २०८० को अवसरमा बैतडीमा खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्वय र सहजीकरणमा असोज १ गतेदेखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुने जोडीले १५ हजार, द्वीतियले १० र तृतीयले ५ हजार पुरस्कार पाउने कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
सहभागी हुन चाहनेले भदौ ३१ गते बेलुका ५ बजेसम्म टोली गर्दा गराउनसक्ने जनाइएको छ। टिम दर्ता शुल्क एक हजार राखिएको छ ।
प्रतियोगिता अन्तर्गतका खेलहरु जिल्ला प्रशासन कार्यालयमा रहेको जगन्नाथ ब्याडमिन्टन कोर्टमा सञ्चालन हुने कर्मचारी मिलन केन्द्र बैतडीले जनाएको छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा