डाेटीकाे आदर्श गाउपालीकाले गर्याे तिज कार्यक्रम

September 17, 1:08

डोटी । डाेटीका आदर्श गाउपालीकाले हरितालिका तीजको अवसरमा पालिका स्तरिय महिला सशक्तिकरण सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । पालीकाले मौवानगदहमा विभिन्न कार्यक्रहरुको आयोजना गर्दै तिज कार्यक्रम मनाएको हो । 
समाजमा महिला माथि हुने हिंसा, उत्पिडन, अन्याय, छाउपडी जस्ता कुपर्था विरुद्ध सशक्तिकरण गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउपालीका उपाध्यक्ष लक्ष्मी रोकायाले जानकारी दिए । 
आदर्श गाउँपालिकाका वडाहरुबाट प्रतिनिधित्व गर्दै महिलाहरुले आफ्ना तिजका गित मार्फत महिला माथि हुने अन्याय अत्याचारको उजागर गर्दै आगामी दिनमा यस्ता किसिमका अन्याय अत्याचार विरुद्ध लड्न सबैलाई आग्रह गरेका थिए । 
समाजमा महिला माथि अत्याचार तथा दमन नगर्न र महिलाहरुले पनि दविएर नवसी आफ्नो हक अधिकारको लागि लड्नु पर्ने सन्देश गितबाट प्रष्ट झल्किएको थियो । पालीका उपाध्यक्ष लक्ष्मी रोकायाको अध्यक्षतामा आयोजीत कार्यक्रममा पालीका अध्यक्ष गणेश बहादुर खड्का प्रमुख अतिथी रहेका थिए । 
आयोजीत देउडा प्रतियोगितामा आदर्श गाउँपालिका वडा नं ४ प्रथम, वडा नं ७ द्धितिय, र वडा नं ३ तृतीय भएको थियो । यस्तै वडा नं ५, वडा नं २, र वडा नं १ ले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगीतामा सहभागी विभिन्न समुहले नगद पुरस्कार प्राप्त गरेको पालीकाले जानकारी दिएको छ । पालीकाले गरेको कार्यक्रम प्रति स्थानीय महिलाहरुले खुसी ब्यक्त गरेका छन् ।
प्रतियोगीताको समापन कार्यक्रममा बोल्दै पालीका उपाध्यक्ष लक्ष्मी रोकायाले तिजमा विभिन्न किसिमका नकारात्म टीप्पणी भैरहेका बेला स्थानीय देउडा संस्कृती र पहिरनकोे विकास र प्रवद्र्धनका लागी देउडा प्रतियोगीताको आयोजना गरेको र आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमहरुलाइ निरन्तरता दिने प्रतिवद्धता गरे । 
यस्तै कार्यक्रमका प्रमुख अतिथी पालीका अध्यक्ष गणेश वहादुर खड्काले सम्पुर्ण महिला दिदि वहीनिहरुमा हारीतालीका तीजको अवसरमा शुभकामना ब्यक्त गर्दै महिलाहरुको सुख र दुखमा स्थानीय सरकार साथमा रहने कुरामा जोड दिए ।
कार्यक्रममा लोक देउडा गायक सौगात ओझाले आफ्ना विभिन्न सांगीतिक प्रस्तुतीहरु राखेका थिए । प्रतियोगीतामा आदर्श गाउँपालिकाका विभिन्न वडाहरु वाट महिलाहरुको वाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा