बाजुरामा सिँचाइको अभाव खेतीयोग्य जमिन बाँझो

September 18, 12:32

बाजुरा,  १ असोज । सिँचाइको अभावले बाजुराको अधिकांश जमिन बर्सेनि बाँझो रहँदै आएको छ । बुढीगङ्गा नगरपालिका–१० का स्थानीय विनोदबहादुर सार्कीले खेतीयोग्य प्रशस्त जमिन भए पनि सिँचाइ सुविधा नहुँदा हिउँदमा बाँझो राख्नु परेको बताउनुभयो ।

उहाँले भन्नभुयो, “गाउँमा सिँचाइको अभावले जमिन सधैँ बाँझो राख्नु परेको छ तर अर्कोतिर स्थानीय सरकारले तिरो तिर्न भन्छ । अन्य आयस्रोत छैन । विकल्प केही नभएपछि अहिले भारतबाट कमाइ गरेर जमिनको तिरो तिर्ने गरेको छु । २०७८ सालमा यहाँका स्थानीयको पुस्तौँदेखिको खानेपानीको समस्या बल्ल समाधान भएको छ । अब कतैबाट सिँचाइको व्यवस्था हुन पाए बाँझो जमिन पनि सदुपयोग हुने अपेक्षा उहाँले राख्नुभयो । वडा नम्बर १० को पानीभुवा, डाँडा, बाँउकुणा, माथिखेत, कबल्तोला, भतुडा, पाखेढुङ्गा र खिरेरुखलगायतका अधिकांश जमिनमा सिँचाइ सुविधा छैन । 

त्यो जमिन खेतीयोग्यका लागि निकै उपयोगी भए पनि सिँचाइ नहुँदा यहाँका स्थानीयले हिउँदमा सधँै बाँझो राख्ने गरेका छन् । गाउँको खेतीयोग्य जमिनका लागि सिँचाइको सुविधा भइदिएको भए म जस्तै युवाले कामको खोजीका लागि भारत जानुपर्ने थिएन, सार्कीले भन्नुभयो । गाउँमा जमिन प्रशस्त भए पनि सिँचाइको व्यवस्था नहुँदा खेती गर्न छोडेर यहाँका अधिकांश युवा भारत पलायन हुने गरेका छन् । यता स्थानीय सरकारले गाउँमा जमिन बाँझो राख्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

यहाँको करिब सोह्र हजार ७६५ हेक्टर जमिनमा सिँचाइ नहुँदा जमिन बाँझो रहँदै आएको छ । बाजुराको नौवटै स्थानीय तहमा दुई लाख ३० हजार ३७ हेक्टर जमिन छ । त्योमध्ये २२ हजार हेक्टर जमिन खेतीयोेग्य भए पनि पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभर सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो ।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा