क्याम्पसमा उत्तरपुस्तिका साटेको भन्दै विद्यार्थीको प्रदर्शन, पनिकाको गाडी जलाए

September 20, 11:34

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन् ।

मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आज बिहान करिब ५ बजे परीक्षा नियन्त्रण कार्यालयको गाडी जलाएका हुन्। 

आन्दोलनरत विद्यार्थीहरुका अनुसार सन्ध्या कायस्थले लेखेको अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकामा साटेका थिए ।

रिजल्ट आउँदा उनको छोरी पास भएको र कायस्थ भने फेल भएको विद्यार्थीको आरोप छ ।

उत्तरपुस्तिका साटेको विषय क्याम्पस प्रशासनलाई जानकारी गराए पनि पीडित विद्यार्थीको रिजल्ट सच्चिएको थिएन् । नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन दिँदै क्याम्पस प्रशासनले दिँदै पुनःपरीक्षा लिएको थियो । तर उक्त रिजल्ट आएको छैन् ।

२०७८ मंसिरमा भएको पहिलो वर्षको अंग्रेजी विषयको परीक्षामा ६०००३००८२ सिम्बल नम्बर भएकी सन्ध्याले चार पेज भएको उत्तर पुस्तिका थप गरेकी थिइन् । तर, उनले थप गरेको उत्तरपुस्तिका गार्डले आफ्नो छोरीकोमा देखाएको विद्यार्थीहरुको आरोप छ ।

सोही विषयमा असोज २ गते डिग्री क्याम्पस विराटनगरमा सन्ध्या कायस्थको रिजल्टको बिषयमा महेन्द्र मोरङ क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र त्रिविका सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईसहित छलफल भएको थियो ।

समस्या सामधान नभएपछि विद्यार्थीले दुई जनालाई  अफिस कोठामा थुनेका थिए । त्यसपछि भएको छलफल बिना निष्कर्ष टुंगिएपछि राति करिब १ बजे क्याम्पस प्रमुख तिम्सिना र प्रसाईंलाई प्रहरीले उद्धार गरेको थियो ।

त्यसपछि आक्रोशित विद्यार्थीले राति नै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरे । राति महेन्द्र मोरङ क्याम्पस अगाडि टायर बालेर विरोध गरेका विद्यार्थीले आज बिहान ५ बजे डिग्री क्याम्पस परीसरमा पर्किङ गरी राखेको बा.१७च. ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रकको गाडीमा आगो लगाएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा