बुढीगङ्गामा पक्की पुल निर्माण हुँदै

September 20, 2:20

बाजुरा । बाजुराको बुढीगङ्गा नदीमा चालु आर्थिक वर्षमा दुई वटा पक्की पुल निर्माण गरिने भएका छन । पुल निर्माण हुने भएपछि त्रिवेणी नगरपालिकाका स्थानीय खुसी भएका छन् । बुढीगङ्गा नदीमा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको थियो ।

बर्खाको समय दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आएका स्थानीय नगरवासीले पुल निर्माण भएमा धेरै कुराको सहज हुने बताएका छन् । त्रिवेणी नगरपालिका –८, रत्न माविका शिक्षक मानबहादुर ऐडीले भने “हिउँदमा गाडी गुड्ने गाउँबस्ती बर्खाको समय सुनसान हुन्छन् ।” पुलको अभावमा यातायातका साधन बुढीगङ्गा नगरपालिका–६ को बाम्कामै रोकिने गरेका छन् । पुल निर्माण हुन लागेपछि बल्ल यहाँका स्थानीयको मुहारमा खुसी आएको त्रिवेणी नगरपालिका–८ का वडाध्यक्ष गगनजङ्ग बुढाले बताए ।

नगरपालिका प्रमुख कर्णबहादुर थापाले सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालय अछामले यो वर्ष बुढीगङ्गा नदीमा दुई वटा पक्की पुल निर्माणको काम सुरु गरेको जानकारी दिए । बुढीगङ्गा वडा नम्बर १ र त्रिवेणी नगरपालिका वडा नम्बर ९ को बिचमा रहेको रिन्टे खोला र बुढीगङ्गा वडा नम्बर ६ र त्रिवेणी वडा नम्बर ८ को बिचमा पर्ने मौरेमा पक्की पुल निर्माण हुँदै छ ।

बुढीगङ्गा वडा नम्बर २ र त्रिवेणी वडा नम्बर ९ को बिचमा पर्ने रिन्टे खोला ८० मिटर पुल निर्माणका लागि १० करोड रुपियाँ र बुढीगङ्गा वडा नम्बर ६ र त्रिवेणी नगरपालिका वडा नम्बर ८ को बिचमा पर्ने मौरेमा ११० मिटर लम्बाइ पुल निर्माणका लागि १६ करोड रुपियाँ विनियोजन भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख दिवस बस्नेतले बताए ।

त्यसै गरी त्रिवेणी वडा नम्बर ८ र ४ को बिचमा रहेको मालागाड खोलामा पनि ७५ मिटर लम्बाइको पक्की पुल बन्ने भएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा