रामारोशन जान दिन गृहको अनुमति

September 21, 9:53

मङ्गलसेन,  । ‘रेन्बो फेमिली’ ले अछामको रामारोशनमा गर्ने भनिएको भेलामा आएर सीमामा रोकिएका विदेशीलाई नरोक्न गृह मन्त्रालयले आदेश दिएको छ। प्रमुख जिल्ला अधिकारीलाई गृहले भिसा भएकालाई नरोकी यातायातमा सहजीकरण गर्न भनेको बताइएको छ।

“हामीलाई यातायातमा सहजीकरण गरिदिनू, भिसा भएकालाई आगमनका लागि नरोक्नू भनेर निर्देशन आयो,” प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भन्नुभयो।

रामारोशनमा कार्यक्रमका लागि संस्कृति तथा पर्यटन मन्त्रालयबाट छुट्टै आदेश आउने बताइएको छ। कार्यक्रम गर्न दिने आदेश आएपछि विस्तृत रूपमा कार्ययोजना बनाएर त्यसै अनुसारको सुरक्षा प्रबन्ध हुने प्रजिअ पोखरेलको भनाइ छ। 

आएका विदेशीले नेपालको कानुनविपपरीतका काम गरेमा भने कारबाही हुने बताइएको छ। गृह मन्त्रालयले पर्यटकलाई नरोकी आवतजावतमा सहजता गर्नू भनेसँगै अछामका सीमा नाका र अन्य स्थानमा रोकिएका पर्यटकले रामारोशन जाने तयारी गरेका छन्। उनीहरूमध्ये कतिपय छ दिनसम्म सीमा नाकामा बसेका थिए। 

चौखुट्टेमा २०४ जना, बेलखेतमा ४४ जना र जयगढ बजारमा पाँच जना रोकिएका थिए। यस्तै ५६ जना भने यसअघि नै रामारोशनमा पुगिसकेका छन्। 

एक महिनादेखि तीन महिनासम्म करिब तीन हजार विदेशी आएर भेला गर्ने सूचनाका आधारमा स्थानीय प्रशासनले छ दिन अगाडिबाट विदेशीलाई सीमा नाकामा रोकेको थियो। विवादित ‘रेन्बो फेमिली’ ले रामारोशनमा कार्यक्रम गर्ने भनेपछि त्यसको टुङ्गो नलाग्दासम्म भन्दै विदेशीहरू पूर्वी अछामको बेलखेत एवं पश्चिम अछामको चौखुट्टे र जयगढमा रोकिएका थिए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा