शिक्षकहरुको आन्दोलन सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प

September 21, 10:09

बैतडी  / शिक्षकहरुको आन्दोलनका कारण बैतडीका सामुदायिक विद्यालयहरुमा पठनपाठन कार्य ठप्प भएको छ । नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलनको घोषणा गरेकाले आफूहरु पनि आन्दोलनमा रहेको नेपाल शिक्षक संघ सुर्नया गाउँपालिका अध्यक्ष गणेशदत्त अवस्थीले बताए । 

शिक्षकहरुको आन्दोलनका कारण जिल्लामा रहेका ५४० ओटा सामुदायिक विद्यालयहरुको पठनपाठन ठप्प भएको छ । सदनमा दर्ता भएको नयाँ शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएपछि विद्यालय अनिश्चितकालका लागि बन्द रहेका मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशवदत्त भट्टले बताए । महासंघको देशव्यापी कार्यक्रम अनुसार बैतडीका विद्यालय पनि बन्द रहेका उनले बताए । 

विद्यालय बन्द भएपछि बैतडीका कक्षा १ देखि १२ सम्मका ८६ हजार बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् । नयाँ विधेयकले शिक्षा क्षेत्र तहसनहस पार्ने शिक्षकहरुको आरोप छ । 

बैतडीका सामुदायिक विद्यालयमा कार्यरत २४ सय बढी शिक्षकहरु आन्दोलनमा रहेकाले सामुदायिक विद्यालयहरु बन्द भएका हुन् । शिक्षा क्षेत्रकै हित विपरीत विधेयक आएकाले आफूहरु आन्दोलनमा उत्रेको दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । 

आन्दोलनका लागि बैतडीका केही शिक्षकहरु काठमाण्डौं पुगेका छन् । जिल्लामा रहेका शिक्षकहरुले पनि आ–आफ्नो ठाउँबाट आन्दोलनमा सरीक भएका शिक्षकहरुको भनाइ छ । शिक्षकहरु आन्दोलनमा रहेकाले विद्यालय बन्द भएका बताइएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा