भारतमा काम गर्दै आएका बैतडीका एक युवकले आँफैलाई चक्कु प्रहार गरे

September 21, 12:35

बैतडी / भारतको दिल्लीमा काम गर्दै आएका बैतडीका एक युवकले आँफैलाई चक्कु प्रहार गरेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका ३ मड घर भएका अन्दाजी २५ बर्षीय सुरेन्द्र धामीले चक्कुले आफ्नै घाँटी रेटेका हुन् । 

चक्कुले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका र उनको दिल्लीस्थित जेपी हस्पिटलमा उपचार भइरहेको त्यहाँबाट जयबहादुर चन्दले जानकारी दिए । 

जेपी हस्पिटलमै फुड लाइनको सोडेक्स कम्पनीमा एक बर्षदेखि कार्यरत धामी १०/ १५ दिन अगाडिदेखि बिदामा रहेका थिए । दुई/तीन अगाडिमात्रै बिदा सकेर काममा फर्किएका उनले बुधबार आँफैलाई चक्कु प्रहार गरेका हुन् । धामीले आँफैलाई आफूले किन चक्कु प्रहार गरे भन्ने कुरा खुलेको छैन् । 

धामी गम्भीर घाइते भएका र उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको चन्दले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा