शिखर नगरपालिकामा सञ्चालनमा आयो लाटाकाफली आधुनिक कृषि तथा पशुपन्छी फर्म

September 25, 12:17

धनगढी । डोटीको शिखर नगरपालिका वडा नम्बर ७ श्री लाटाकाफली आधुनिक कृषि तथा पशुपन्छी फर्म सञ्चालनमा आएको छ ।

सञ्चालक यज्ञबहादुर रावलले कृषि खेतिको प्रवद्र्धन गर्ने उद्देश्यले फर्म सञ्चालनमा ल्याएका हुन् ।
उनले फर्ममा अमिलो जातको फलको उत्पादन अनारजन्य तथा कडा कोया हुने फलफूल, ब्याडको तयारी कार्यहरु, अन्य तरकारीहरुको उत्पादनसंगै मिश्रित खेति गर्ने बताए ।

गाई बस्तु तथा भैंसी पालन, भेडाबाख्रापालन, पन्छीपालन, माछा तथा माछाको मासु, संरक्षण एवं प्रशोधन गर्ने भाँडा वा डिब्बा तयार गर्ने काम, उष्ण र समशीतोष्ण फलको उत्पादन, अन्य रुख झाडी फल र कडा बोक्रा भएको फलफूलको उत्पादन, बंगुर पालन, मौरीपालन लगायतका खेति फर्मले गर्ने बताए ।

लाखौं लगानीमा सञ्चालनमा ल्याइएको फर्मले कृषि उपजमा बृद्धि ल्याउनका साथै रोजगारीको पनि सृजना गर्ने उनको भनाई छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा