बाजुराको माटेसाँगु गाउँमा भाइरल ज्वरो प्रकोप, २ जनाको मृत्यु

September 25, 2:06

बाजुरा / बाजुराको खप्तडछेडेदह गाउँपालिका २ माँटेसागुमा भाइरल ज्वरो कारणले गाउँनै प्रभाबित बनेको छ । ज्वरोका कारण २ जनाको मृत्यु भएको स्थानिय दिर्घ बहादुर शाहीले वताएका छन् । मृत्यु हुनेमा ४९ बर्षिय सौरा देबी बुढा र ६२ बर्षिय कुल बहादुर शाहीको मृत्यु भएको हो । बुढाको चार दिन पहिला र शाहीको आइतवार राति मृत्यु भएको हो ।

गाउँमा रहेका १ सय ६० बढी परिवारको सबै घरमा बिरामी परेका छन् । २ जनाको मृत्यु भइसकेको छ । भाइरल ज्वरोले पुरै गाउँनै प्रभाबित रहेको स्थानिय गणेश बहादुर शाहीले वताए । कुनै घरका पुरै सदस्य बिरामी परेका छन्, । एक दुइजना त सबै घरमा बिरामी परेको स्थानियले वताएका छन् । भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ, उपचारका लागि पहल गर्दा पनि कतै बाट स्वास्थ्यकर्मी नआएको स्थानियको आरोप रहेको छ ।

ज्वरो १ सय ३ डिग्रि माथि आउने, खोकी लाग्ने, शास फुल्ने जस्ता लक्षण देखा परेको स्थानियले वताएका छन् । गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले वताएका छन् । खप्तडछेडेदह गाउँपालिका बाट दुइ जना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलय बाट औषधि सहितको टोलि पठाउन लागेको चन्दले वताएका छन् ।

भाइरल ज्वरो बाट बयबृद्ध, बालवालिका र दिर्घरोगि सबै भन्दा बढी प्रभाबित भएका छन् । स्वास्थ्य चौकी १ घण्टा टाढा रहेकाले उपचारमा जान निकै समस्या भएको छ । घरका सबै बिरामी परेका छन्, बोकेर लिने कोही छैन्, बर्षात सडक बन्द भएपछि घरमै बिरामी परेर थला परेको स्थानिय गणेश शाहीले वताए । वडा तथा पालिकामा पटक पटक जानकारी गर्दा पनि अहिले सम्म स्वास्थ्यकर्मी नपुगेको उनले वताए । कसैको घरमा पानि दिने समेत नरहेको उनले वताएका छन् ।

गाउँपालिका अध्यक्ष दिल बहादुर रावत अनुसार स्वास्थ्यकर्मी टोलि प्रभाबित क्षेत्रमा पठाइसकेको वताएका छन् । ल्याब सहितको टोलि पठाएका छौ, रोगको पहिचान गरेर नियन्त्रण नभए जिल्ला, प्रदेश, संघमा सहयोगका लागि खबर गर्ने रावतले वताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा