सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

September 26, 4:41

बाजुरा  । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

मङ्गलबार बिहान ९ः२३ बजे विच्छ्याँ स्वास्थ्यचौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको अत्यधिक रक्तस्राव भएपछि उहाँलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको  हिमाली गाउँपालिकाको विच्छ्याँ स्वास्थ्यचौकीले जनाएको हो ।

उहाँको थप उपचारका लागि आज सुर्खेत प्रादेशिक अस्पतालमा लगिएको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राजबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज बिहान ९ बजे बच्चा जन्मिएपछि रोकायाको रगत बग्ने क्रम नरोकिएको र सालनाल समेत नआएपछि उहाँको ज्यान जोखिममा पर्ने भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।’’

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपानी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।रोकायाको अहिले सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा