मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी सूजङ्ग स्कूलाई

September 30, 9:41

डोटी । खप्तड रंगशाला राजपुरमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी सूजङ्ग स्कूलले लिएको छ। शनिबार प्रतियोगितामा सूजङ्ग स्कूलले सूजङ्ग अस्पताललाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर ब्याटिङ गरेको अस्पताल टिमले निर्धारित १५ ओभरमा ९० रनको लक्ष्य बनायो। ९० रनको लक्ष्य पाएको स्कूल टिमले ८ ओभरमा लक्ष्य पार गर्दै ६ विकेटको रक्षासहित जित निकालेको हो ।
सूजङ्ग स्कूलका लागि खगेन्द्र थापाले ४ छक्का र १ चौका सहित सर्वाधिक ३३ रन जोडेका थिए । अस्पतालका लागि डा. सुभाष थापा मगरले २ छक्का र २ चौका सहित सर्वाधिक २८ रन जोडेका थिए । स्कूलका खेलाडी कैलाश कठायत र खगेन्द्र थापाले २/२ विकेट लिए भने अस्पतालका कपिन्द्र भण्डारीले २ विकेट लिए ।
अपाङ्गता भएका “शम्भु”को प्रमुख आतिथ्यतामा क्रिकेट प्रतियोगिता खप्तड रंगशाला राजपुरमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन अपाङ्गता भएका शम्भु नेपालीले गरेका छन् । सूजङ्ग अस्पताल र सूजङ्ग स्कूलकाबीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता शम्भुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
“सरकार फरक क्षमता भएकाहरुको गाँसबास, कपास र स्वाथ्य उपचारको जिम्मा लेउ” भन्ने दबाबमुलक नारा सहित प्रतियोगिताको आयोजना गरिएको सूजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । अस्पतालले सम्भु लगायत अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई उपचारमा छुट दिँदै आएको उनले बताए ।
मैत्रीपूर्ण प्रतियोगिता भए पनि फरक क्षमता भएका ब्यक्तिहरुको परिवार र राज्यले सम्मानका साथी जीवनयापन गर्ने व्यवस्था मिलावस् भन्ने सन्देश सहित “सम्भु”मार्फत खेलको उद्घाटन गरिएको सूजङ्ग स्कूलका निर्देशक नरेश बलायरले बताए। हाम्रो देशमा कतिपय अपाङ्गता भएका व्यक्तिहरू अपहेलित र अभावको जीवन जिउन बाध्य छन्,”उनले भने,”त्यस्ता व्यक्तिहरुको गाँसबास, कपास र उपचारको ग्यारेन्टी सरकारले गर्नु पर्दछ ।”
दिपायल सिलगढी नगरपालिका – ४ राजपुरका शम्भु जन्मजात अपाङ्गता भएका व्यक्ति हुन् । उनी राम्रोसँग हिँडडुल गर्न र बोल्न सक्दैनन्। आयोजकले शम्भुलाई एकजोर लुगा समेत उपहार दिएको थियो । अपाङ्गता भएका शम्भुले भावुक हुँदै निधारमा ठोकेर आफ्नो भाग्यलाई दोष दिएको इशारा गरेका थिए। उनले आयोजकलाई सलाम गरेर धन्यवाद समेत व्यक्त गरे ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा