माओवादी नेता आचार्य अस्वस्थ, हेलिकोप्टरमार्फत उद्धार

बिरामी भएपछि आचार्यको बयलपाटा अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिँदै । तस्बिर : भवानी सिंह ऐर
बिरामी भएपछि आचार्यको बयलपाटा अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिँदै । तस्बिर : भवानी सिंह ऐर
October 04, 5:32

 कैलाली । नेकपा (माओवादी केन्द्र)ले थालेको तीनमहिने विशेष रूपान्तरण अभियानका क्रममा अछाम पुग्नुभएका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य एक्कासि बिरामी पर्नुभएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्‍याइएको प्रदेश पार्टी सचिव जनक बुढाले जानकारी दिनुभयो ।

प्रदेश पार्टी सचिव बुढाका अनुसार नेता आचार्यको स्वास्थ्यमा अचानक समस्या देखिएपछि मङ्गलबार साँझ अछामको बयलपाटा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो ।

‘‘आचार्यलाई प्यारालाइसिस भएको छ, जसले गर्दा उहाँले बोल्न सक्नुभएको छैन । अरु अवस्था सामान्य रहेको बताइएको छ ।’’ पार्टी सचिव बुढाले जानकारी दिनुभयो । 

तीन महिने विशेष रूपान्तरण अभियानअन्तर्गत जनतासँग माओवादी भन्ने अभियानको नेकपा (माओवादी केन्द्र) अछामको आवधिक जिल्ला समीक्षाको लागि एक दिनअघि मात्रै डडेल्धुरा, बैतडी हुँदै उहाँ अछाम जिल्ला पुग्नुभएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा