घर छाडेर त्रिपालको बास

October 06, 10:49

बाजुरा । बाजुराका अधिकांश  स्थानीयवासी भूकम्प आउने डरले घर छोडेर धमाधम त्रिपालमुनि बास बस्न बाध्य भएका छन् । मङ्गलबार बझाङमा गएको भूकम्पले बाजुरामा पनि क्षति पुगेको छ । भूकम्पले घर चर्किने र भत्केपछि अहिले यहाँका स्थानीय घर भत्कने डरले त्रिपालमुनिको बास बस्न थालेका छन् । खप्तड छेडेदह गाउँपालिका–२, पिपल गाउँका स्थानीय पदम बुढाले भूकम्पको डरले त्रिपालमुनिको बास बस्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पले घर चिराचिरा गरेकाले फेरि कति बेला भूकम्प आएर चेप्छ कि भन्ने डरले अहिले घर छाडेर त्रिपालमुनिको बास बदै आएका छौँ । भूकम्पले एक हजार ४११ घर पूर्ण रूपमा भत्किएका छन् । चार हजार ७३७ घर आंशिक रूपमा क्षति भएको जिल्ला रेडव्रmम शाखाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला रेडक्रस शाखाको संयुक्त रूपमा खटिएको टोलीले भूकम्प प्रभावित क्षेत्रमा गएर अनुगमन गर्दा एक हजार ४११ पूर्ण र चार हजार ७३७ आंशिक रूपमा क्षति भएको विवरण देखिएको बताउनुभयो ।

भूकम्पले खप्तड छेडेदह गाउँपालिकाका ८८९ घर पूर्ण र तीन हजार दुई घर आंशिक, बडीमालिका नगरपालिकाका ८३ पूर्ण २२० आंशिक, त्रिवेणी नगरपालिकाका १८५ पूर्ण ८०० आंशिक, बुढीगङ्गा नगरपालिका ६० पूर्ण १५० आंशिक, गौमूलमा १६९ पूर्ण ३५५ आंशिक, बुढीनन्दा २५ पूर्ण र १२ घर आंशिक रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भूकम्प प्रभावितहरूलाई अहिले तुरुन्तै कसरी व्यवस्था गर्न सकिन्छ भने उद्देश्यले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा छलफल हुने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा