एमाले अध्यक्ष ओली भाेली धनगढी आउँदै

October 07, 5:51

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । आइतबार (भोली) दिउँसो १२ बजेदेखि शुरु हुन लागेको प्रदेश अधिवेशनको सम्पूर्ण तयारी भएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले प्रदेशस्तरिय प्रथम अधिवेशनका लागि नौ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको जानकारी दिए । उनले भने –‘कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली आइतबार विहान ८ बजेको विमानबाट धनगढी पुग्ने छन् । दिउसोको १२ बजे समुदघाटन हुने छ ।’
ओलीसंगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वर्मा, स्थायि कमिटि सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायि कमिटि सदस्य तथा खेलकूद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रिय सदस्यहरु अधिवेशनको समुदघाटन कार्यक्रममा सहभागि रहने छन् ।
अधिवेशनमा छ सय ७५ प्रतिनिधि सहभागि रहने पार्टी अध्यक्ष भण्डारीले जानकारी दिए । नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् । पार्टी प्रदेश अध्यक्ष भण्डारीका अनुसार बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरि एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरि एक सय १७ जना प्रतिनिधि रहेका छन् ।
यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरि ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरि ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरि ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरि ५४ जना प्रतिनिधि रहेका छन् ।
यस्तै, बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरि ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरि ४१, डडेल्धुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरि १८ जना प्रतिनिधि रहेका छन भने जनसंगठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरि ७५ जना प्रतिनिधि रहने छन् ।
पार्टीको मजदुर विशेष इलाका कमिटिबाट एक महिला, चार पुरुष गरि पाँच जना प्रतिनिधि रहेका छन भने बुद्धिजिवि विशेष इलाका कमिटिबाट एक महिला र चार पुरुष गरि पाँच जना प्रतिनिधि रहने जनाइएको छ ।
आइतबारबाट शुरु हुन लागेको प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तिन जना आँकाक्षी रहेका छन् ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको दौडमा रहेका छन् ।
अध्यक्ष पदका उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन् ।
आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वभाविक दाबेदार भएको उनले बताए । उपाध्यक्ष भएर प्रदेशको काम गरेको अनुभव र पार्टीलाई अझ एकताबद्ध, पार्टीमा समन्वयकारी, संविधानको कार्यान्वयन, पार्टी भित्र दक्षिणपन्थी अवसरवाद, संरचनात्मक अराजकता हुन नदिन आफ्नो उम्मेदवारी भएको बताए ।
अध्यक्षका अर्का आकांक्षी जैशी अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ ।
आफनै प्रदेशको अधिवेशनमा रावललाई बोलाइएन
सुदूरपश्चिम प्रदेश नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेता भीम रावलको क्षेत्र हो । तर, एमाले सुदूरपश्चिम प्रदेशको आइतबार हुन लागेको प्रदेश अधिवेशनमा उनलाई बोलाईएको छैन् ।
अछाम जिल्लाबाट पटक–पटक सांसद बनेका रावललाई पार्टीले अधिवेशनमा आमन्त्रण नगरेको जनाइएको हो । पार्टी सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले भने ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुलेनै पदाधिकारी तथा सदस्य चयन गर्छन् । यसमा कुनै नेताको हष्तक्षेप हुँदैन् । भीम रावल केन्द्रिय नेता हुन । केन्द्रिय पदाधिकारी तथा सदस्य चयनमा उहाँको चासो हुन्छ । प्रदेश, जिल्ला तथा वडामा उनको चासो छैन् ।’
रावल चितवनमा भएको दशौं अधिवेशनमा केन्द्रिय अध्यक्षमा पराजित भएका थिए । त्यसयता पार्टीभित्र उनी कुनै पदमा छैनन् । प्रदेशमा हुन लागेको अधिवेशनमा प्रदेश सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट र बाजुरा नेता कर्ण थापालाई आमन्त्रण गरिएपनि रावललाई कुनै जानकारी नगराएको इन्चार्ज विश्वकर्माले बताए ।
इन्चार्ज विश्वकर्माले भने –‘एक सय ५५ सदस्यीय कार्यसमिति चयन हुने छ । त्यसमा नेतृत्वका लागि छलफल गरिने छ । समझदारीमै नेतृत्व चयन हुने छ ।’ प्रदेशमा अध्यक्षहित उपाध्यक्ष र सचिव एक÷एक र सह–सचिवमा दुई जना रहने छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा