बाटो खुलेपछि स्याउ टिप्न सुरु

October 08, 9:28

बाजुरा । बाजुराका किसानले स्याउ टिप्न सुरु गरेका छन् । बाजुराको अर्ग्यानिक स्याउ बिक्रीका लागि बाहिर लग्नेगरी पालिका र कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान समेतको व्यवस्था गरेको छ ।

साँफे–मार्तडी र मार्तडी–कोल्टी सडक मर्मत भएसँगै  किसानले स्याउ टिप्न सुरु गरेका हुन् । बाजुराको अर्ग्यानिक स्याउ बाहिर लग्न ढुवानी अनुदान दिएसँगै किसानले स्याउ टिप्न थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

पछिल्लो समय बारीमा स्याउ राम्रो फल्नेगरेको भए पनि बिक्रीका लागि भने निकै समस्या हुनेगरेको थियो । बाहिर लग्न अनुदान मिलेपछि स्याउ बिक्रीमा सहज भएको स्वामिकार्तिक–१ जोरूँ स्याउ किसान धनबहादुर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “असोज महिनाको पहिलो हप्ता नै बारीमा स्याउ पाक्न सुरु भएका हुन् । बाटो अवरुद्ध भएकाले ती स्याउ रुखमै थिए । बल्ल अहिले बाटो खुलेपछि स्याउ टिप्न सुरु गरेको हो ।”

बाजुरामा अधिकांश किसानको पछिल्लो समय स्याउ उत्पादनमा निकै चासो बढ्दैगएको छ । यता स्याउ पाक्ने बेलामा सधैँ सडक अवरुद्ध हुँदा बिक्रीमा समस्या आउनेगरेको रावलले बताउनुभयो ।

मार्तडी–कोल्टी सडक अवरुद्ध भएका कारण केही समय स्याउ बारीमा रहेको थियो । यतिबेला सडक सुचारु भएसँगै किसानले स्याउ टिप्न सुरु गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताउनुभयो ।

उहाँले स्थानीय सरकार ४० र कृषि ज्ञान केन्द्र बाजुरा ४० र कृषकको २० प्रतिशत लगानीमा बाजुरामा उत्पादन भएको अर्ग्यानिक स्याउ बिक्रीका लागि जिल्लाभन्दा बाहिर लैजाने तयारी भएपछि किसानले स्याउ टिप्न सुरु गरेको बताउनुभयो ।

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा र गौमुल खप्तड छेडेदहलगायतका किसानले बिक्रीका लागि बाहिर लग्नेगरी स्याउ टिप्न सुरु गरेको छ ।

बाजुराको एकसय ७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुनेगर्छ । यो वर्ष भने त्यसको दुई प्रतिशतले स्याउ उत्पादनमा कमी भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख पनेरुले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा