कोशीका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत

October 18, 1:52

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । बुधबारकाे प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै उनले विश्वासको मत मत मागेका हुन् ।
संघीयता र लाेकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेकाे बताउँदै उनले विश्वासको मत मागे । ‌सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै उनले राज्यका हरेक निकायमा जनताकाे पहुँच पुर्याउनका लागि काम गर्ने बताए । विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उनले विश्वासको मत दिन आग्रह गरे ।
९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् । ६ सिटको राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेकाे छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा