हराउँदै छ पिङ खेल्ने परम्परा

October 22, 8:24

दार्चुला । दसैँ तिहारलगायत चाडपर्वको बेला विभिन्न गाउँ तथा मन्दिरमा रमाइलोका लागि खेलिने हिङलो (पिङ) को प्रयोग पछिल्लो समय घट्दै गएको छ । जात्रा, धार्मिक मेला तथा चाडपर्वको बेला मठमन्दिरमा पूजाआजा सकिएपछि हिङलो खेलेर रमाइलो गरिन्छ । 

पिङ खेल्न स्थानीय युवायुवतीको घुइँचो लाग्ने गर्छ तर पछिल्लो समयमा हिङलो अर्थात् पिङको सङ्ख्या र प्रयोग घट्दै गएको छ । केही मन्दिरमा हिङलो लोप भइसकेको छ, मालिकार्जुनका स्थानीय वीरसिंह धामीले बताउनुभभयो । 

हिङलोसमेत जीर्ण अवस्थामा रहेकाले दुर्घटनाको जोखिम बढेको छ । अधिकांश मन्दिरमा हालिएका हिङलो संरक्षणको अभावमा काठ कुहिएर जीर्ण अवस्थामा रहेको स्थानीय बताउँछन् । 

युवापुस्तामा हिङलो खेल्ने उत्साहमा कमी आएको हुँदा प्रयोग घट्दै गएको स्थानीय कृष्ण पालले बताउनुभयो । पछिल्लो पुस्तामा नयाँ हिङलो बनाउने सिपसमेत कम देखिन्छ । हुनैनाथ मन्दिर औतालेकमा रहेको काठको हिङलो (पिङ) पनि केही महिना अगाडि जीर्ण भएर ढलेको थियो । 

उक्त हिङलो पुनर्निर्माणका लागि गाउँपालिकाले छलफलसमेत गरेको छ । उकुका पाल परिवार, बाकुका चन्द तथा लिमाका परिवारले मन्दिरमा हिङलो पिङ चढाएर स्थापना गरेको इतिहास रहेको बताइन्छ । 

उक्त परम्परा जोगाउन यिनै परिवारले मन्दिरमा हिङलो पिङ चढाउने निर्णय गरिएको हुनैनाथ मन्दिरका उद्धव सिंह धामीले बताउनुभयो । नापजाँच गरेर काठ बनाउन सुरु गरिएको र केही दिनभित्रै मन्दिरमा हिङलो राखिने उहाँको भनाइ छ ।

यस्तै लेकमको भगवती मन्दिर कृणी, मालिकार्जुन मन्दिर मैखोलीलगायत देवीदेवताका मन्दिरमा रहेको हिङलो पिङसमेत पछिल्लो समय जीर्ण बन्दै गएका छन् ।  भगवती मन्दिर कृणीमा रहेको हिङलो पिङ जीर्ण अवस्थामा रहेकाले पिङ खेल्न बन्द गरिएको लेकम गाउँपालिका–२ का वडाध्यक्ष शिवराज जोशीले बताउनुभयो । 

युवापुस्ताले आधुनिकतालाई पछ्याउँदा परम्परा संस्कार र संस्कृति हराउँदै जान थालेको छ । संस्कृतिका धरोहरहरू लोप भइरहेका छन् । दसैँमा एक पटक भए पनि जमिन छोड्नुपर्छ भन्ने मान्यता भए पनि त्यसमा युवाको चाँसो देखिँदैन । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा