बाजुराका भूकम्प पीडितको दसैंः छैन खुशियाली

October 22, 12:40

बाजुरा । गत असोज १६ गते गएको भूकम्पका कारण घरबार बिहीन बनेका बाजुराका भूकम्प पीडितको यसपालिको दसैं त्रिपालमा बित्ने भएको छ ।

भूकम्पका कारण घरबार बिहीन भएका बाजुराको खप्तड छेडेदह गाउँपालिकाका पीडितहरूको परिवारमा विगत वर्ष जस्तो यस वषको दसैंमा खुशियाली छैन ।

भूकम्प पीडित सुन्दरा रावतले भनिन्,-यस वर्ष भूकम्पका कारण हाम्रो लागि दसैं दसाको रूपमा सावित भएको छ । सबैको घर, घरमा चाडबाडको खुशियाली छाएपनि आफुहरूको घरमा भने के खाने ? कहाँ बस्ने भन्ने चिन्ता छ ।

बझाङको तलकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले गर्दा खप्तड छेडेदह गाउँपालिकामा ९ सय ९० घर पूर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । असोज १६ गते  यता पटकपटक गएको भूकम्पले सबै भन्दा बढी नोक्सान खप्तड छेडेदह गाउँपालिकामा गरेको उनको भनाइ छ ।

जसमध्ये ६ हजार बालबालिका, पाँच सयभन्दा बढी गर्भवती महिला, दुई सयभन्दा बढी वृद्धवृद्धा, एक सयभन्दा बढी अपांगता र चार हजार विद्यार्थी विस्थापित रहेको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए । रेडक्रस सोसाइटी, युनिसेफ र युएनएपिएले पीडितहरूका लागि त्रिपाल, कम्बल र केही भाँडाकुँडा वितरण गरेका छन् । खप्तड छेडेदह गाउँपालिकामा भूकम्पका कारण १२ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा