तौल भन्दा बढीको बच्चा जन्मीए पछि...

October 28, 11:05

बागलुङ । धौलागिरी अस्पतालमा बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ। बागलुङको जैमिनी नगरपालिका–३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अस्पतालमा अहिलेसम्मकै बढी तौल भएको बच्चालाई जन्म दिएको नर्सिङ इन्चार्ज देवी भट्टराईले जानकारी दिइन्।

छन्त्यालले चार केजी सात सय ५० ग्रामको बच्चालाई जन्म दिएकी हुन्। यो छन्त्यालको चौथो सन्तान हो। अस्पतालमा यसअघि बढीमा ४ किलो ५०० ग्रामसम्मको बच्चा जन्म भएको थियो। यसपटक सबैभन्दा बढी ४ किलो ७ सय ५० ग्रामको बच्चा नर्मल डेलिभरी भएको इन्चार्ज भट्टराईले बताइन। ‘यसअघि ठूलो तौल भएको बच्चा जन्माउन नसक्दा अप्रेसन गरेर मात्र बच्चा निकाल्ने गरिन्थ्यो,’ उनले भनिन्,‘यस पटक नर्मल रुपमै सुत्केरी गरायौं।’ 

अस्पतालले बच्चा ठूलो भएको हुनाले पोखरा जान सल्लाह दिए पनि पहिलेका सन्तान नर्मल जन्मिएको कारणले परिवारले सल्लाह गरेर धौलागिरी अस्पतालमै भर्ना गरिएको छन्त्यालका श्रीमान नेत्रबहादुर छन्त्यालले बताए। ‘दसैंको बेलामा पोखरा जान पनि गाह्रो भयो त्यसैले नजिककै अस्पतालमा डेलिभरी गराउने विचार भएर भर्ना गरेका थियौं,’ छन्त्यालले भने,‘अस्पतालको जनशिक्तको सहयोगमा राम्रोसँग बच्चा जन्मिएको छ।’ अहिले बच्चा र सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा