kagendra

पुनः ब्युँतिन थाल्यो छाउप्रथा

October 29, 12:34

बाजुरा । बाजुरामा छाउगोठ भत्काउने अभियान सुस्ताएसँगै छाउप्रथा पुनः ब्युँतिन थालेको छ । करिब पाँच वर्षअघि सुरु गरिएको छाउगोठ भत्काउने र महिनावारी भएका महिलालाई छाउगोठमा बस्न नदिने अभियान सुस्ताउन थालेको छ । अचेल यहाँका महिला पुनः छाउगोठमा बस्न थालेका छन् । भत्काइएका छाउगोठ पुनर्निर्माण गरिएका छन् । 

बूढीगङ्गा नगरपालिका–१० का स्थानीय पद्मा विकले भन्नुभयो, “महिनावारी भएको बेलामा घरभित्र बस्दा धामीझाँक्री (देउता) रिसाउन थालेपछि गाउँमा फेरि छाउप्रथा ब्युँतिँदै गएको छ ।”

छाउप्रथाविरुद्ध विगतमा सञ्चालन गरिएका अभियानले छाउगोठ भत्काएपछि महिनावारी भएका महिला घरको एक कोठामै बस्ने गरेका थिए । तर अहिले घरभित्र बस्दा धामीझाँक्री रिसाउन थालेको भन्दै फेरि छाउगोठमै सुत्ने गरेको उहाँले बताउनुभयो । महिनावारी भएको समय पाँच दिनसम्म महिला छाउगोठमा सुत्ने गरेको पाइएको छ । उहाँले भन्नुभयो, “कानुनभन्दा पनि गाउँका धामीझाँक्री ठूला भएका छन् । महिलाले उनीहरूले भनेको कुरा मान्नुपर्ने बाध्यता छ । महिनावारी भएको बेला फेरि छाउगोठमा सुत्नैपर्ने भएको छ र भत्काइएका छाउगोठ धमाधम निर्माण हुँदै छन् ।”

छाउगोठमा सुत्ने गरेका यहाँका अधिकांश महिला विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त हुँदै गएका छन् । चिसो गोठमा सुत्ने गरेका महिलामा दम लाग्ने, शरीर सुन्निने, हात, खुट्टा दुख्नेलगायतका समस्या देखिएको छ । महिनावारी भएको बेलामा दुध, मही दहीलगायत झोलिलो र पोषिलो खाने कुरासमेत खान प्रतिबन्ध लगाइएको छ । धामीझाँक्रीले महिनावारी भएका महिलालाई दही, दुध, घिउ दिएमा भैँसी नब्याउने भन्दै रिसाउने गरेका छन् । 

शिक्षित तथा लेखपढ गरेका महिलासमेत छाउप्रथा गलत हो भन्नुको सट्टा उल्टै उनीहरूसमेत धामीझाँक्रीको डरले छाउगोठमा सुत्ने गर्छन् । त्यसबेला जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा प्रहरी जनप्रतिनिधिले सुरु गरेको छाउगोठ भत्काउने अभियानका क्रममा करिब ५११ वटा छाउगोठ भत्काइएका थिए ।

सबैभन्दा बढी छाउप्रथा बूढीगङ्गा नगरपालिकामा रहेको छ । यहाँका अधिकांश महिला पछिल्लो समय धामीझाँक्रीका डरले फेरि छाउगोठमा सुत्न थालेका छन् । बूढीगङ्गा नगरपालिका–१० की पूजा रावतले महिनावारी भएको बेला चिसो गोठमा सुत्दा बिरामी भएको बताउनुभयो । उहाँले गाउँमा अभियान सुरु भएको बेला घरको कोठामा सुत्दा केही आराम भएको तर अहिले फेरि छाउगोठमा सुत्नुपर्दा दम बढेको गुनासो गर्नुभयो ।   

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा