इलाका प्रहरी कार्यालय कमलबजारले गर्‍यो अवैध गाँजा फडानी

October 31, 11:35

अछाम । इलाका प्रहरी कार्यालय कमलबजारले लागुऔषध गाँजा फडानी गरेको छ । सोमबार कमलबजार नगरपालिका-२ पुरानापानी एरियाको खेतबारीमा रहेको अन्दाजी २५० भन्दा बढी गाँजाको बोटहरू फडानी गरिएको हो ।
इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारी गाँजाका बोटहरू फडानी गर्न आफै खटिएका छन् ।
प्रहरी निरीक्षक जोहारीको कमाण्डमा खटिएको प्रहरी टोलीद्वारा गाँजा फडानी नष्ट गरी स्थानीय बासिन्दालाई लागूऔषधको सेवनले पार्ने असरबारे सचेतना पनि दिइएको बताइएको छ ।
यस्तै प्रहरी निरीक्षक जोहारीका अनुसार इलाका प्रहरी कार्यालय मातहत प्रहरी चौकी ढकारी र तुर्माखादले समेत आ-आफ्नो वडा तथा एरियामा स्थानीय बासिन्दा जम्मा गरी लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम गरेका छन् ।
लागुऔषध विरुद्धको महाअभियान २०८० अन्तर्गत गाँजा फडानी गरिएको कमलबजार प्रहरीले जनाएको छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा