भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने, चिनीमा लगाएको प्रतिबन्ध हटाउन आग्रह

November 03, 3:23

काठमाण्डौ । भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भएको छ । बजारमा चिनीको अभाव देखिएपछि नेपालले भारतलाई चिनीमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।

भारतबाट तत्कालका लागि २५ हजार मेट्रिक टन चिनी आउने जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । उनका अनुसार भारतबाट जीटूजी (सरकार सरकार) मार्फत चिनी आउन लागेको हो ।

जीटूजीमार्फत आउन लागेकाले नेपालले चाहेको समयमा यो परिमाणको चिनी खरिद गरेर ल्याउन सक्नेछ । भोलि शनिवार र पर्सि आइतवार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने सम्भावना छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा