kagendra

फारवेष्ट पशुपति कप मंसीर २२ गतेदेखि

November 09, 11:01

धनगढी । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसीर २२ गतेदेखि आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फारवेष्ट पशुपति युवाक्लबले प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएको हो ।

पाचौं संस्करणको आयोजनापछि तीन बर्ष रोकिएको प्रतियोगिताको छैठौं संस्करण मंसीर २२ गतेदेखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको हो । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगदपाउनेछन् ।सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।

धनगढी रङ्गशालामा आयोजनाहुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले जानकारी दिए । उनका अनुसार प्रतियोगिता आयोजनामा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि आयोजक क्लबले प्रायोजक तथा प्रबद्र्धकहरुको खोजी गरिरहेको छ । 

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

आठौँ संस्करणको लिटिल फ्लावर क्रिकेट प्रतियोगिता मंसिर ९ गतेबाट…
कैलाली । आठौँ संस्करणको लिटिल फ्लावर प्रमियर लिग २०८० मंसिर ९ गतेबाट सुरु हुने भएको छ । आज धनगढीमा… विस्तृतमा
शिखर सरकार खेलकुदमा लगानी बढाउन तयार छः नगर उपप्रमुख रावल
दिपायल /  शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले शिखर सरकार नगरको खेलकुद क्षेत्रमा लगानी… विस्तृतमा
विश्वकप एसिया छनोटको उपाधि ओमानलाई, सुपर ओभरमा नेपाल पराजित
सुपर ओभरमा घरेलु टोली नेपाललाई हराउँदै आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपआधि ओमानले… विस्तृतमा
नेपालले ओमानलाई दियो १८५ रनको चुनौती
काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर… विस्तृतमा