kagendra

कैलालीमा पटका बिक्री र प्रयोगमा रोक, मर्यादित एवं शान्तिपुर्वक चाडपर्व मनाउन प्रशासनको आग्रह

November 12, 10:16

धनगढी। कैलाली प्रशासनले सभ्य, सुरक्षित मर्यादित एवं शान्तिपुर्वक तरिकाले चाडपर्व मनाउन जिल्ला बासीलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले शुभ दीपावली, छठ पर्व तथा नेपाल संम्वत् लगायतका पर्वको शुभकामनासहितको सार्वजनिक सुचना जारी गर्दै सो आग्रह गरेको हो।

चाडपर्वहरु नेपाली संस्कृति र परम्परा, मर्यादा,अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति सुरक्षा प्रभावित हुनेगरी र कानुन विपरितका अवाञ्छित गतिविधी नगर्ने र नगराउन अनुरोध समेत गरेको छ । यस्तै, मादक पदार्थलगायतका नशालु पदार्थ सेवन गरी पूर्वको समय सार्वजनिक स्थानमा होहल्ला झैझगडाजस्ता कार्य नगर्न आग्रह गरेको छ। कैलाली प्रशासनले तिहारमा पटका,आतिसबाजी जस्ता प्रज्वलनशील एवम् विस्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको जनाएको छ।

यस्ता चिजका कारण दुर्घटना हुनसक्ने भएकाले प्रशासनले पटका, आतिसबाजी जस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थको उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । देउसी,भैलो,नाचगान लगायतका कार्यहरु बढीमा राति ९ बजेसम्ममात्र सभ्य, शान्तिपूर्वक तरिकाले गर्नुपर्ने उनको भनाई छ।

देउसीभैलीमा दक्षिणाका लागि रकम तोकेर दक्षिणा दिन दबाब दिन नपाइने र देउसी भैलोलगायतका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात एवम् जनजीवनलाई असर पुग्ने गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कट्टेलले चाडपर्व मनाउँदा संस्कृति, परम्परा, मर्यादाभित्र रहेर चाडपर्व मान्न सबैको जिम्मेवारी रहेको जानकारी दिए। उनले शान्तिपूर्वक तरिकाले चाडपर्व मनाउन सम्पूर्ण जिल्लाबासी,नागरिक,समाजसेवी व्यापारी, उद्योगी, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सबैमा अनुरोध गरेका छन्।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा