सामुदायिक वनमा काँचा सालका रुख कटानी

January 12, 3:31

कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ । सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो । 

सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको बताउनुभयो । रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिएको उहाँले बताउनुभयो ।

दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उहाँले राति वन गस्तीका लागि वन हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताउनुभयो । “पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरियातर्फबाट दुई ट्राक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलीमा काठ छोपेर लगेको देखिन्छ”, उहाँले भन्नुभयो, “त्यसकै आधारमा अनुसन्धान अगाडि बढाइएको छ ।”

सालका रुख कटानी भएको देखिएपछि सब डिभिजन वन कार्यालय बाणीमा खबर गरिएको उहाँले बताउनुभयो । उहाँले सामुदायिक वनका पदाधिकारी र उपभोक्ता काठ तस्करीमा कोही पनि संलग्न भएको नदेखिएको बताउनुभयो । अहिले वनक्षेत्रमा नियमित राति र दिउँसो वनका पदाधिकारी, सब डिभिजन कार्यालयका वनरक्षक, उपभोक्तालगायतले संयुक्तरुपमा गस्ती गरिरहेको उहाँले जानकारी दिनुभयो । 

सब डिभिजन वन कार्यालयका प्रमुख अमर धामीले सामुदायिक वनमा रुख कटानी गरी तस्करी भएको पाइएपछि वनका पदाधिकारीलाई चिठ्ठी लेख्ने कार्य गरिएको बताउनुभयो । “सामुदायिक वनमा काठ कटानी गरिएको जानकारी पाउनासाथ डिभिजन वन कार्यालयका प्रमुखसहितले राति नै गस्ती गरेका छौँ”, उहाँले भन्नुभयो, “वन रक्षकलाई नियमित गस्तीका लागि खटाइएको छ ।”

अनुसन्धानमा काठ कटानी गरी तस्करी गर्ने शङ्कास्पद व्यक्ति नजिक पुग्ने बलियो आधार तय भएको उहाँले बताउनुभयो । “जोसुकै भए पनि छाड्दैनौँ”, उहाँले भन्नुभयो, “तस्कर छिट्टै पक्राउ पर्छन् ।” सःमिलमा हेर्ने कार्य भइरहेको जनाउँदै उहाँले डिभिजन वन कार्यालय कैलालीसँग समन्वय गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो । रासस 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा