कञ्चनपुरमा हुने तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको तयारी पूरा

January 27, 8:43

कञ्चनपुर / कञ्चनपुरको महेन्द्रनगरमा आइतबार देखि सुरु हुने तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । २० गतेसम्म महेन्द्रनगरको खुला मंचमा हुने प्रतियोगिता सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा हुने भलिबल प्रतियोगितलाई जिल्ला भलिबल सघले सहयोग गरिरहेको छ । प्रतियोगितामा सात वटै प्रदेश र तीन बिभागिय टिम गरि १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा सबै टिमबाट १ सय ५० खेलाडी, प्रशिक्षक, व्यवस्थापक र ५० जना निर्णायक स्वयंसेवक रहने छ्न ।

प्रतियोगिताको नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह मौनीले जानकारी दिए । प्रतियोगिताको सम्पुर्ण तयारी नेपाली सेनाले गरेको थियो । प्रतियोगिताको लागी खुल्ला मंच सिघारिएको छ । संघका अध्यक्ष श्याम सिंह मौनीका अनुसार उद्घाटनको दिन प्रवेश शुल्क निशुल्क रहने छ भने बाकी ६ दिनमा बिद्यार्थीलाई २० र अन्य दर्शकलाइ ५० रुपैयाँ प्रवेश शुल्क रहने छ ।

सबै टिमको यातायात, बास लगायतको सुबिधा प्रदेश खेलकुद परिषदले गर्ने गरि ८० लाख बजेट बिनियोजन गरेको प्रदेश परिषदका सद्स्य सचिव दिपक सिहले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख, दित्तिय हुने टिमलाइ दुई लाख र तृतीय हुने टिमलाई नगद १ लाख सहित ट्रफी प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । चौथो हुने टिमलाई समेत ५० हजार नगद प्रदान गरिने छ ।

प्रतियोगितामा सेमिफाइनल देखि चार खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगिता भरीका उत्कृष्ट खेलाडी लाइ २० हजार तथा उत्कृष्ट ६ बिधामा १० हजारका दरले पुरुस्कार प्रदान गरिने छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा