सहिद दिवसको अवसरमा तीन समाजसेवी सम्मानित

January 30, 4:28

बैतडी /  सहिद दिवसको अवसरमा दशरथचन्द स्मृति प्रतिष्ठानले बैतडीका तीन जना युवा समाजसेवी सम्मानित भएका छन् । अमर शहीद दशरथचन्दको जन्मघर दशरथचन्द नगरपालिका–५,बस्कोटमा आयोजित कार्यक्रममा बैतडीका युवा समाजसेवी महेशदत्त भट्ट, मोहित भण्डारी र सञ्चारकर्मी लोकेश साउदलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेको हो ।  

समाजसेवी युवाहरूलाई दशरथचन्द नगरपालिका प्रमुख पुष्करराज जोशी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले संयुक्त रूपमा दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो । 

समाजसेवी युवाहरूले कोभिडका बेला सङ्क्रमितको उपचार गर्न अक्सिजनका लागि दश लाख रुपियाँ आर्थिक सहायता जुटाएर ज्यान बचाउन महत्त्वपूर्ण सहयोग गरेकाले सम्मान गरिएको स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । आज दशरथचन्द स्मृति प्रतिष्ठानले सञ्चारकर्मी साउदलाई आजीवन सदस्यता समेत प्रदान गरेको छ । डेढ दशकदेखि मोफसलको पत्रकारितामा सक्रिय साउद समसामयिक विषयमा कलम चलाउँदै आउनुभएको छ । 

सम्मानित हुने अर्का समाजसेवी महेशदत्त भट्ट र मोहित भण्डारीले बैतडी सदरमुकाममा गरिब–विपन्नका लागि निःशुल्क कपडा बैङ्क सञ्चालन गर्दै आउनुभएको छ । स्थानीय रोयल हिल यूथ क्लबका कोषाध्यक्षसमेत रहनुभएका भण्डारीको अगुवाइमा रक्त सञ्चार समूह गठन गरी बैतडी अस्पतालमा भर्ना भएका आकस्मिक बिरामीलाई रक्तदान सञ्चालन गरिएको छ । 

यसैबिच दशरथचन्द स्मृति प्रतिष्ठानले सहिद दिवसका अवसरमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र अनुसन्धान प्रमुख अर्चना सिन्हालाई आजीवन सदस्यता प्रदान गरेको छ । सहिद दिवसका अवसरमा दशरथचन्द स्मृति प्रतिष्ठानले सहिदगेट चमखालीबाट प्रभातफेरीको आयोजना गरी मनाएको छ । 

आयोजित कार्यक्रममा राजनीति दलका प्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, सुरक्षाकर्मी र स्थानीय शिक्षक-विद्यार्थीको उल्लेख्य सहभागिता थियो । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा