संशोधन गर्न बनेको विधेयक समितिमा

January 31, 7:03

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । 

आज बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो । भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनमा पेस गर्नुभएको थियो । 

यसैबिच, सुदूरपश्चिम प्रदेशको लोगो संशोधन समितिले तयार पारेको प्रदेश लोगो संशोधनसम्बन्धी प्रतिवेदन प्रदेश सभामा टेबुल गरिएको छ । समितिका संयोजक पदमबहादुर शाहीले प्रतिवेदन टेबुल गर्नुभएको हो । समितिले तयार पारेको प्रतिवेदनमाथि शुक्रबार छलफल हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

हाल प्रयोगमा रहेको प्रदेश लोगोमा नेपालको नक्सा नरहेको र झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले लोगो संशोधन गर्न लागिएको हो । गत जेठ २८ गते बसेको प्रदेश सभा बैठकले लोगो संशोधनका लागि सात सदस्यीय लोगो संशोधन समिति गठन गरेको थियो

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा