बैतडीमा वर्षासँगै हिमपात, कृषक खुसी

बैतडीको सिगास गाउँपालिकाको गर्जेमा परेको हिमपात । तस्बिर सौजन्यः रमेशप्रसाद भट्ट
बैतडीको सिगास गाउँपालिकाको गर्जेमा परेको हिमपात । तस्बिर सौजन्यः रमेशप्रसाद भट्ट
February 01, 6:17

बैतडी । लामो सयपछि बैतडीमा हिउँदे वर्षा र उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । वर्षा हुँदा किसान हर्षित भएका छन् । आलु खेतीका लागि प्रसिद्ध खोड्पे क्षेत्रमा हल्का हिमपात सुरु भएपछि किसान खुसी भएका हुन् । 

बुधबार बेलुकीदेखि यहाँको खोड्पे, श्रीभावर, गर्जेलगायतका स्थानमा हिउँदे वर्षासहित हल्का हिमपात सुरु भएको छ । गत असोजदेखि यहाँ वर्षा नहुँदा हिउँदेखेती खडेरीका कारण सुक्न थालेको थियो । सिँचाइ सुविधा नभएका पहाडी भेगमा गहुँलगायत आलुखेती सुक्न थालेपछि किसान चिन्तित भएका थिए । 

बुधबार राति र बिहीबार बिहानदेखि वर्षा र हल्का हिमपातले किसानलाई  राहत पुगेको छ । हिउँदे वर्षाले बालीनालीमा फाइदा पुगेको कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख घनश्याम चौधरीले बताउनुभयो । बैतडीमा २५ हजार सात सय हेक्टरमध्ये १५ हजार हेक्टरमा गहुँ खेती हुँदैआएको छ ।

२५ हजार हेक्टरमध्ये छ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएको १९ हजार हेक्टरमा हिउँदे वर्षाले फाइदा पुगेको उहाँले बताउनुभयो । 

हिउँदे वर्षा र हल्का हिमपातले खोड्पे क्षेत्रमा रहेको पाँच सय हेक्टर आलु खेतीमा राम्रो फाइदा गरेको पाटन नगरपालिका –८, का वडा अध्यक्ष हरिस विष्टले बताउनुभयो । बिहीबार बिहानदेखि खोड्पे क्षेत्रमा वर्षासहित हल्का हिमपात सुरु भएको उहाँले बताउनुभयो । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा