बाजुरा आउदैै गरेको बस नवलपरासीमा दुर्घटना, १७ जना घाइते (नामसहित)

February 02, 12:00

धनगढीः बाजुरा आउदैै गरेको बस नवलपरासीमा दुर्घटना भएको छ। काठमाडौंबाट बाजुरा आउँदै गरेको बस बिहीवार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ गैरेपेट्रोल पम्प नजिकै दुर्घटनामा परेको हो। काठमाडौंबाट बाजुरा आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिपरसंग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित ३५ जना सवार थिए।

१. बस चालक कैलालीको चुरे गाउँपालिका ४ बस्ने ३९ वर्षीय कर्णबहादुर सावदको (टाउको र कम्मरमा चोट)
२. रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयां बस्ने वर्ष ३४ को गिरिराज भुसाल (टाउकोमा चोट)
३. कञ्चनपुरको बेलौरी नगरपालिका–१० बस्ने वर्ष २५ को सुनिल पाल (टाउको र शरीरको बिभिन्न भागमा चोट)
४. रुपन्देही बुटवल उपमहानगरपालिका–४ बस्ने वर्ष १६ को सुजन बुरलाकोटी (हात खुट्टामा चोट) 
५. जिल्ला बाजुरा कोल्टी नगरपालिका–९ बस्ने वर्ष ४० कि (महिला) राजु थापा (बायां खुट्टाको तिघ्रामा चोट)
६. ऐ.ऐ. निजको छोरा बस्ने वर्ष अं. १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम ।
७. राजु थापाकी छोरा बर्ष ३ को सुनिल थापा (हात खुट्टामा चोट) 
८. जिल्ला नवलपुर देवचुली नगरपालिका–१२ गैडी बस्ने वर्ष ३२ को प्रकाश न्यौपाने (टाउकोमा चोट) न्यौपानेलाई बुटवल चौराह हस्पिटल रुपन्देही तर्फ रिफर गरिएको छ।
९. जिल्ला बर्दिया मधुबन नगरपालिका–७ बस्ने वर्ष २५ को बिनोद थापा (भित्री छातीमा चोट)
१०. जिल्ला नवलपरासी सुनवल नगरपालिका–८ बस्ने वर्ष ६३ को बलराम उबरकोटी (बांया हातमा चोट)
११. ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम ।
१२. बलराम उबरकोटीको छोरा वर्ष ३९ को भुपाल नेपाली (दाहिने हातमा चोट)
१३. जिल्ला बाजुरा हिमाली गाउँपालिका–७ बस्ने वर्ष ६० कि टिकादेवी सन्याल (टाउको र छाथिमा चोट) घाइतेहरुको देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भइरहेको डिएसपी रेशम बोहराले बताए। उक्त बस सुदुरपश्चिम व्यवसायी समितिको रहेको उनले बताए। यस्तै लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भईरहेको घाइतेहरु
१४. जिल्ला  बाजुरा बुढीनन्द नगरपालिका–१ बस्ने वर्ष ५१ को खडकराज गिरी (दाहिने कुममा चोट््)
१५. खडकराजको श्रीमती वर्ष ४५ कि चन्द्र गिरी (हात खुट्टामा चोट)
१६. जिल्ला बाजुरा दुर्गाथली गाउँपालिका–४ बस्ने वर्ष २९ को किशोर भण्डारी (खुट्टामा चोट)
१७. जिल्ला बाजुरा गौमुल गाउँपालिका–६ बस्ने वर्ष १८ को महेश रोकाय (दुबै हात खुट्टामा चोट) 

टिपर चालक सुनवल–१० गैंडाखालका सुनिल दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य केही नभएको यात्रुहरुलाई बस समितिसंग समन्वय गरी अर्को बसमा राखी गन्तब्य तर्फ पठाइएको डिएसपी बोहाराले बताए। दुबै सवारी प्रहरी नियन्त्रणमा रहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा