नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी : गठबन्धनबीच मिल्यो भागबण्डा

news
news
July 26, 9:24

काठमाडौं । सत्तारुढ गठबन्धनमा सात वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिको गृहकार्य सुरु भएको छ ।  पूर्ववत् केपी ओली सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरु हटाएर नयाँ नियुक्त हुने भएको हो ।

यसबारे गठबन्धनमा सल्लाह भइरहेको स्रोतले जानकारी दियो । सात प्रदेश प्रमुखमध्ये कांग्रेस, माओवादी र माधव समूहले दुई दुई जना र जसपाको उपेन्द्र यादव पक्षले एकजना पाउने अनौपचारिक समझदारी भएको छ ।

यसअघि ओलीले आफू निकट बाहेकलाई प्रदेश प्रमुखबाट हटाएका थिए । सुरुमा तत्कालीन शेरबहादुर देउवा सरकारले नियुक्त गरेको प्रदेश प्रमुख हटाएका थिए ।

एमाले र माओवादी एकतापछि बनेको नेकपा निकटलाई प्रदेश प्रमुख बनाइएको थियो । पछि नेकपामा विभाजित हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटलाई हटाइएको थियो । अहिले सबै प्रदेशमा ओली पक्षीय प्रदेश प्रमुख मात्र छन् ।

उनीहरुलाई हटाएर नयाँ नियुक्तिको अन्तिम तयारी भइरहेको छ । सरकारलाई सहजीकरण गर्न भनेको कार्यदलले नयाँ प्रदेश प्रमुखको नाम टुंगो लगाउने काम गरिरहेको छ । अबको केही दिनमै नयाँ प्रदेश प्रमुख बनाइने  स्रोतको भनाइ छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा