तरकारी बेचेरै किसानले कमाए ३४ करोड

Tarkari
Tarkari
August 13, 7:06

साउन २८, - धनकुटाको साविक मूर्तिढुंगा, परेवादिन र ताङ्खुवा गाविसका माथिल्लो क्षेत्रका १५ हजार किसानले गत आर्थिक वर्षमा तरकारी बेचेरै करिब ३४ करोड रुपैयाँ आम्दानी गरेका छन्। बेंसी र तराईका जिल्लामा रोपाइँको मुख्य सिजन चलिरहँदा धनकुटाको तरकारी जोन क्षेत्रका किसान अहिले तरकारी उत्पादन र बिक्री गर्न व्यस्त छन्।

एक दशकअघिसम्म घँघरु र चुथ्रो घारीले छोपिने धनकुटाको माथिल्लो भेगका नागिडाँडा अहिले तरकारीले हराभर भएको छ। स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक र संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोग परियोजनामा नेपाल सरकार मन्त्रिपषिदबाट स्वीकृत भई आर्थिक वर्ष २०७३७४ बाट मुलुकका विभिन्न स्थानमा जस्तै धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, तरकारी जोन कार्यालय स्थापना भएको थियो। 
 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा