डडेल्धुरामा मोटरसाइकल दुर्घटना एक मृत्यु 

November 01, 11:19

डडेल्धुरा । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तरगत आलिताल गाउँपालिका वडा नम्बर १ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ऐरीछानाका अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो ।

नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक ९सई० समेत रहेका धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

अनियिन्त्रत भएको मोटरसाइकल विपरित दिशातर्फबाट आउँदै गरेको सुुपप्र ०१००१ च २९५५ नम्बरको कारमासमेत ठोक्किएको थियो । उक्त कार बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ का ३५ बर्षीय कृष्ण बिष्टले चलाईरहेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका धामीको टाउकोमा चोट लागेकोमा उनलाई उपचारका लागि धगगढीस्थित माया मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।  कार चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा