सशस्त्रको बिओपीमा आगजनी

news
news
July 15, 2:24

टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा आगजनी भएको छ । सो निर्माणाधिन भवन हाल बिओपी रहेको स्थानबाट करिव एक किलोमिटर टाढा मोहना नदी पारी दशगजा नजिकै रहेको छ । सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन निर्माण भैरहेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बेला अचानक आगजनी भएको छ । आज बिहान साढे दश बजेको समयमा निर्माणाधिन भवनको भित्र पड्किएको आवाज आएको कामदारले बताएका छन । उनीहरुले काम गर्न भवन भित्र पस्नु भन्दा अघि नै आगजनी भएको बताएको बिओपीका सई राधेश्याम रानाले जानकारी दिए । उनले आगो नियन्त्रणको प्रयास भैरहेकाले त्यसतर्फ सोधपुछ हुन बाँकी रहेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा