सुदूरपश्चिममा प्रहरीको परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने ५ जना पक्राउ

sasas
sasas
August 03, 3:09

धनगढी : प्रहरी जवानको मौखिक परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा नक्कली परीक्षार्थी सामेल गराउने ५ जनालाई पक्राउ गरिएको हो।

बझाङ्ग तलकोट गाँउपालिका वडा न. ०३ बस्ने २० वर्षका सुदिप रोकाया, धनगढी उपमहानगरपालिका वडा न. १६ का २३ वर्षीय सुन्दर चौधरी, बझाङ्गको दुर्गाथली गाँउँपालिका वडा न. ५ का २० वर्षीय दीपेन्द्र जप्रेल, कैलालीको कैलारी गाउँपालिका वडा न. ७ का २३ वर्षीय रामनरेश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का २३ वर्षीय नरेन्द्रबहादुर धामीलाई पक्राउ गरिएको हो। किर्ते गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरि डोटी जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा