सेतो बाघ भोड्का धनगढी बजारमा

June 04, 5:48

धनगढी २१ जेठ । सेतो बाघ’ ब्रान्डमा मदिरा भोड्का सुदूरपश्चिमको बजारमा ल्याइएको छ । मदिरा उत्पादक कम्पनी नेचुरल स्पिरिट्सले नयाँ ब्रान्डमा भोड्का बजारमा ल्याएको हो । 
कम्पनीबाट उत्पादन गरिएको सारंगी ब्रान्डको ह्विस्कीले क्रमशः मदिरा पारखीहरूको मन जित्दै गइरहेको परिप्रेक्ष्यमा कम्पनीले एक अर्को उत्कृष्ट ब्रान्डको ‘सेतो बाघ’ भोड्का बजारमा उपलब्ध गराएको नेचुरल स्परिट्स नेपाल प्रालिका अध्यक्ष हरि सिटौलाले जानकारी दिए । 
बजारमा उपलब्ध अन्य भोड्का भन्दा भिन्न तर उत्कृष्ट स्वाद रहेको दाबी गरिएको योे भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष असिम सिटौलाले मदिरा उत्पादन एवं बिक्री वितरणसँगसँगै सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै जिम्मेवार रहेको भन्दै देशमा भएका बाघहरूको संरक्षणमा समेत चासो राख्ने बताए । 
हिजो धनगढीमा भब्य कार्यक्रमका विच उद्घाटन गरिएको सेतो बाघ भोट्काको कार्यक्रममा उद्योग वाणिज्य महासंघ, होटल ब्यवसायी महासंघ लगयात विभिन्न क्षेत्रमा आबध ब्यक्तिहरुको सहभागीता रहेको थियो । सेतो बाघको धनगढीका लागी आधिकारीक विक्रेता सिराज इन्टरनेश्नल रहेको छ ।  
सेतो बाघ भोड्का १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिममा भोलिदेखि चरणबद्ध…
धनगढी - बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट… विस्तृतमा
धनगढीबाट १७ लाख भारुसहित २ जना पक्राउ
धनगढी – सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको लाखौँ रकमभारुसहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र… विस्तृतमा
धनगढीमा एक हजारका ३८ थान नक्कली नोट फेला, ३ महिला…
धनगढी, २१ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकामा ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ परेका छन्।… विस्तृतमा
दया, सौगात र मिरुना स्टारर् ‘कबड्डी–४’ले एक सातामै कमायो १५ करोड…
काठमाडौं । अभिनेता दयाहाङ राई, मिरुना मगर र सौगात मल्ल स्टारर् ‘कबड्डी–४ः द फाइनल म्याच’ले बक्स… विस्तृतमा