यस्ता छन् मनतातो पानी पिउनुका फाइदा

August 29, 8:42

स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ। यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढि हुन्छ।

गर्मी याममा दिउसो मनतातो पानी पिउन नसक्दा समेत यदि बिहानमा मात्र पनि पिउन सकेमा त्यो निकै फाइदाजनक हुन्छ।

मनतातो पानी पिउनुका फाइदा यस्ता छन्:

– मनतातो पानी पिउनाले सरीरमा उपापचयन प्रक्रिया बढ्दछ र वजन नियन्त्रण हुन्छ।
– मनतातो पानी पिउनाले सरीरको तापक्रम केही वृद्धि हुन्छ। जसका कारण सरीरबाट पसिना निस्कने क्रम बढ्दछ र यसले सरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ।
– मनतातो पानी नियमति रुपमा पिउनाले रक्तसञ्चार सन्तुलित हुन्छ र मुटु सम्बन्धी समस्याबाट जोगाउँदछ।
– मनतातो पानी पिउनाले जोर्नी मजबुत हुन्छन् र बाथको जोखिम पनि कम गर्दछ।
– पाचन प्रणालीलाई तन्दुरुस्त राख्न तथा कब्जियतको समस्या हटाउन मनतातो पानीको सेवन लाभदायक हुन्छ।
– घाँटीको दुखाइ तथा खोकीको समस्यामा पनि मनतातो पानीको सेवन लाभदायक हुन्छ।
– मनतातो पानीको पर्याप्त सेवनले छाला सुख्खा हुनबाट बचाउनुका साथै कपाल र्झन पनि रोक्दछ।
– महिनावारीको समयमा महिलामा तल्लो पेट दुख्ने समस्यालाई पनि मनतातो पानीको सेवनले कम गर्दछ।
– छालालाई चमकदार बनाउन तथा अनुहारमा छिटो चाउरी पर्न नदिनका लागि पनि पर्याप्त मनतातो पानी पिउनु आवश्यक हुन्छ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा