तेल मिलमा आगलागी, डेढ करोड बढीको क्षति

September 02, 9:08

दाङ,१६ भदौ । दाङको तुलसीपुरस्थित गणपति तेल मिलमा आगलागी भएको छ । तुलसीपुर -६ स्थित शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।

आगलागी भएको जानकारी पाएलगतै स्थानीय र प्रहरीले पानी टंयाकरहरुको सहयोगमा आगो नियन्त्रणको लिएका लिएको थिए । बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

उनले आगलागीबाट दुई तले पक्की भवनमा पूर्णरूपमा क्षति पुगेको र दाल पिस्ने मेसिन तथा तेलमा क्षति पुगेको बताए । उनका अनुसार आगलागीबाट डेढ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीलेको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा