कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?

September 30, 11:49

काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई शुक्रबार नियन्त्रणमा लिएको हो। शनिबार सार्वजनिक विदा भएकाले आइतबार मात्र थुनाका लागि म्याद लिइने छ।

सामान्य उजुरी वा निवेदन नभएर जाहेरी नै परेकाले मुद्धाको प्रकृयामा अगाडि बढ्ने सम्भावना बलियो छ। अनमोल केही दिन प्रहरी हिरासतमा रहन सक्नेछन्। स्वास्थ्यमा समस्या देखिएपछि अनमोल शुक्रबार नै नर्भिक अस्पताल भर्ना भएका छन्।

उनलाई के समस्या भएको भन्नेबारे प्रहरीले केही खुलाएको छैन। त्यसो त चर्चित व्यक्तिहरु पक्राउ पर्दा प्रहरीको हिरासत कक्ष टार्न अस्पताल भर्ना हुने परम्परा नै बनिसकेको छ।

अनमोलले फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ लिएपछि अभिनय गर्न आनाकानी गरेको आरोप लागेको छ। बुधबारदेखि सुरु हुने भनिएको रावायणको सुटिङमा अनमोल तयार नभएपछि निर्माता पक्ष खर्च भएको सम्पूर्ण रकम फिर्ता माग गर्दै प्रहरीकहाँ पुगेका थिए।

निर्माण पक्षले एक करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको दावी गरेको छ। सोही क्रममा अनमोल पक्राउ परेका हुन्। पक्राउ परेपछि अनमोलले अदालतबाट जारी निषेधाज्ञा देखाएपनि प्रहरीले उनलाई छाडेन।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले देवानी प्रकृतीको मुद्धाका लागि निषेधाज्ञा भएकाले केसीलाई नछाडिएको बताएको छ। ‘ फौजदारी प्रकृतिको अपराधका लागि उनलाई नियन्त्रणमा लिएको हो। यो कसुरमा उक्त निषेधाज्ञा आकर्षित हुँदैन’, उच्च अधिकारीले भने।

प्रहरीले दावी गरेजस्तो अनमोलले आपराधिक विश्वासघात गरेको पुष्टी भए उनलाई कैद सजाय हुने छ। मुलुकी फौजदारी अपराध संहिताको दफा २५२ मा आपराधिक विश्वासघात गर्न नहुनेबारे उल्लेख छ।

‘आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा र अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफू वा अरु कसैलाई फाइदा पुर्‍याउनको लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याएमा आपराधिक विश्वासघात भएको मानिने’ उल्लेख छ।

उक्त दफाको उपदफा ३ मा सजायबारे उल्लेख छ, ‘कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पुर्याइ दिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने’ भनिएको छ।

त्यसबाहेक ‘अरु कसैले आपराधिक विश्वासघात गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने’ भनिएको छ।

आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई शुक्रबार नियन्त्रणमा लिएको हो। शनिबार सार्वजनिक विदा भएकाले आइतबार मात्र थुनाका लागि म्याद लिइने छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा
भोलि सार्वजनिक बिदा
धनगढी,३० भदौ  । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते)प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । … विस्तृतमा