नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी, कैलालीमा २४२ जना संक्रमित

September 07, 3:35

काठमाण्डौँ,२१ भदौ ।  नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी० को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने डेंगु संक्रमण ७५ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै संक्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ ।

सुनसरीमा १३ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । दोस्रो मोरङ जिल्लामा बढी संक्रमित देखिएका छन् । मोरङमा २ दुई हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै धादिङमा २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, क्रमशः १ हजार ३६२ झापा, ४५२ काठमाडौं, ३७३ धनकुटा, ३३४ सङ्खुवासभा, ३३१ धनुसा, २७० कास्की र २४२ जना कैलालीमा संक्रमित रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित कोशी प्रदेशमा देखिएका छन् । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै १८ हजार ३१९ जना डेंगु संक्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ३ हजार ३१६ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ७०६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपञ्चिम प्रदेशमा ६९२, मधेश प्रदेशमा ५२१, लुम्बिनी प्रदेशमा ४०९ र कर्णाली प्रदेशमा ४९ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा