एमालेको प्रदेश अधिवेशनः बैतडीबाट ६८ जना प्रतिनिधि छनौट

October 04, 5:20

बैतडी / नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बैतडीबाट प्रतिनिधि छनौट भएका छन् । प्रदेश अधिवेशनका लागि जिल्लका १० ओटै  पालिकाबाट ६८ जना प्रदेश प्रतिनिधि छनौट  भएका हुन् ।

पाटन नगरपालिका र  पुर्चाैडी नगरपालिकाबाट ६÷६ जना, सिगास गाउँपालिकाबाट ३, सुर्नया गाउँपालिकाबाट ५, डिलासैनी गाउँपालिकाबाट ८, दोगडाकेदार गाउँपालिकाबाट ९ जना प्रतिनिधि छनौट भएका छन् । यस्तै दशरथचन्द नगरपालिकाबाट ७, पञ्चेश्वर गाउँपाकिलाबाट २, शिवनाथ गाउँपालिकाबाट ३, मेलौली नगरपालिकाबाट पनि ३ जना प्रतिनिधि छनौट भएका  एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

यस्तै  दलिततर्फ प्रदेश निर्वाचन क्षेत्र (क)बाट ६ र (ख)बाट १० जना छनौट भएका उनले  बताए ।  पुर्चाैडीमा ४ जना सदस्यका लागि खुलातर्फ निर्वाचन भएको र अन्य पालिकामा सर्बसम्मत नै प्रतिनिधि छनौट भएका नेकपा एमाले बैतडीले  जनाएको  छ ।

 असोज २१ र २२ गते धनगडीमा  एमालेको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशन हुँदै  छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा