एमाले सुदूरपश्चिम अधिवेशन: नेतृत्वका लागि सहमतिको प्रयास जारी

October 10, 11:16

धनगढी । नेकपा एमाले प्रथम सुदूरपश्चिम अधिवेशनबाट पदाधिकारी तथा कार्यसदस्याका लागि आज सहमतिको प्रयास जारी रहेको छ ।

नेकपा एमाले निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्य तालिका अनुसार आज मनोनयन दर्ता र मतदान कार्यसूची सार्वजनिक भए पनि यो समाचार तयार पारुन्जेल सम्म सहमतिको प्रयास जारी रहेको जनाइएको हो । 

उम्मेदवारीका लागि धेरैले फारम लगेको तर दर्तापछि मात्रै को कुन पदमा दाबि गरेको दर्तापछि मात्रै जानकारी हुने प्रदेश सचिव धर्मराज पाठकले बताए ।

प्रदेशको कार्य समितिका लागि सहमतिको प्रयास भइरहेको एमालेका सचिव पाठकले जानकारी दिए । यदि सहमति जुट्न नसकेको अवस्थामा निर्वाचन जनाइएको छ । 

निर्वाचन कार्य तालिका अनुसार आज बिहान ७ देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ५ बजेबाट मतदान सुरु हुनेछ ।

प्रदेश अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना र बझाङका वचन सिंह आकांक्षी रहेका छन् ।

आइतबार धनगढीमा भएको प्रथम अधिवेशनको उद्घाट्न अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा