एमाले सुदूरपश्चिममा सहमतिको अन्तिम प्रयास, भीम रावलविरुद्ध एकजुट

October 11, 10:25

धनगढी / सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण मंगलबार साँझदेखि हुने भनिएको मतदान तालिका हेरफेर भई बुधबार दिउँसोसम्मका लागि सारिएको छ। आइतबार अधिवेशन सुरु भएदेखि प्रदेशका शीर्ष नेता कर्णबहादुर थापा र दामोदर भण्डारीको समूहमा बेग्लाबेग्लै उम्मेदवार खडा भए पनि मंगलबार साँझ दुवै समूह मिलेर साझा उम्मेदवार तय गरेको विषय बाहिर आएको छ। 

अध्यक्ष पदमा थापाले अघि सारेका उम्मेदवार कृष्णप्रसाद जैसीलाई भण्डारी समूहले समर्थन गर्ने र भण्डारी समूहले अध्यक्ष पदमा अघि सारेका कमल तिमिल्सिनालाई उम्मेदवारी फिर्ता गराएर अन्य पदाधिकारी भण्डारी समूहले लिने प्रारम्भिक समझदारी भएको दुवै पक्षका कार्यकर्ताहरूले बताएका छन्।

साथै भीम रावल समर्थित प्रतिनिधिहरू भने आफ्नो समूहलाई निषेध गर्ने गरी अभ्यास भइरहेको भन्दै अध्यक्षको प्यानलैसहित मतदानमा जाने तयारी भइरहेको बताइरहेका छन्। अध्यक्ष पदमा उम्मेदवारी दिएका भरत साउँदले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन्। मतदानको समय दिउँसो एक बजे तोकिएको छ। लेखराज भट्टले अघि सारेका अध्यक्ष पदका उम्मेदवार वचनबहादुर सिंहले आफ्नो उम्मेदवार कायम रहेको बताएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा